कम्प्युटर विज्ञान
लोकसेवा आयोगले हालै यसका कुनैपनि परीक्षामा उत्तर दिने माध्यम भाषाका रूपमा नेपाली, अंग्रेजी वा दुबै भाषाको प्रयोग गर्न पाइने निर्णय गरेको छ तर कम्प्युटर अपरेटर पदको लागि आवश्यक कुनैपनी अध्ययन सामाग्री नेपाली भाषामा उपलब्ध नभएको तर्फ हाम्रो ध्यानाकर्षण भएको छ। त्यसैले सकेसम्म सरल भाषामा कम्प्युटर अपरेटर पदकोलागि आवश्यक ज्ञान र सिप प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यकासाथ PS Exam मा नेपाली खण्डलाई पुनःसंरचना गरी र केही विस्तृत रूपमा प्रस्तुत गर्ने प्रयाश सुरू गरिएको छ। आषा छ PS Exam को नेपाली संकरण यहाँहरूको लागि उपयोगी हुनेछ।
कम्प्युटर अपरेटर पदको पाठ्यक्रममा समावेश गरिएको परिक्षेदहरूलाई आधार बनाइ यस नेपाली खण्डको उपखण्डहरू बनाइएको छ। यसले गर्दा चाहिएको परिक्षेद तथा खण्डहरू खोज्न र अध्ययन गर्न सजिलो हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।
कम्प्युटर अपरेटर पदको पाठ्यक्रम अनुसार प्रतियोगीहरूले निम्नानुसारका परिक्षेदहरूमा तल उल्लेख गरिएका पाठहरू तयारी गरेको हुनु पर्दछ।
-
आधारभूत ज्ञान परिक्षेद (Fundamentals of Computers)
आधारभुत ज्ञान परिक्षेद अन्तरगत तपाईले कम्पयुटर को परिभाषा, इतिहास, पुस्ता परिचय, विशेषताहरू, कम्प्युटरका प्रकार तथा तिनको प्रयोगहुने क्षेत्रहरूका बारेमा सामान्य जानकारी राखेको हुनु पर्दछ।यसका साथै कम्प्युटर प्रणालीको (Computer System) बारेमा राम्रो ज्ञानको अपेक्षा पनि गरिएको छ। यस अन्तरगत डाटा र डाटा प्रशोधनको ज्ञान हुनु पर्दछ।हार्डवेयर खण्ड अन्तर्गत हार्डवेयरको परिभाषा, इन्पुट एकाइ र यसका साधनहरू (जस्तै किबो किबोर्ड, माउस, स्क्यानर आदि), केन्द्रिय नियन्त्रण एकाइ (अरिथमेटिक तथा लोजिकल एकाइ (ALU), नियन्त्रण एकाइ (CU), स्मरण एकाइ (MU)), आउटपुट एकाइ (मोनिटर, प्रिन्टर आदि) भण्डारण एकाइ (प्राथमिक तथा सहायक मेमोरी - फ्लपी डिस्क, हार्ड डिस्क, कम्प्याक्ट डिस्क, सुपर डिस्क, जिप डिस्क, कार्टिज, क्यासेट टेप आदि) को बारेमा राम्रो ज्ञानको आवश्यकता पर्दछ।सफ्टवेयर खण्ड अन्तर्गत सफ्टवेयरको परिभाषा, तथा यसका प्रकारहरू पाठ्यक्रममा तोकिएको छ। यसै खण्ड अन्तरगत कम्प्युटर भाषाहरू तथा भाषा प्रशोधक अथवा भाषा अनुवादक (Language and Language Processors) पनि पर्दछन्।कम्प्युटर प्रणाली अन्तरगतनै विभिन्न प्राविधिक शब्दावलीहरू जस्तै लाइभवेयर, फर्मवेयर, क्याश मेमोरी जस्ता शब्दहरूसँग पनि परिचित भएको हुनु आवश्यक छ।माथि उल्लेख गरिएका अध्यन क्षेत्रहरूका अलावा आधारभुत ज्ञान अन्तरगत कम्प्युटर को सुरक्षा, कम्प्युटर कोठाको व्यवस्थापन, कम्प्युटर भाइरसहरू तथा तिनको निदान, मल्टिमिडियाको बारेमा जानकारी, सुचना प्रविधि नीति २०००, कम्प्युटर नेटवर्किङ, यसको परिचय, नेटवर्कको प्रकार, ल्यान (LAN), म्यान (MAN), व्यान (WAN), इमेल, इन्टरनेट (Internet), इन्ट्रानेट (Intranet), एक्स्ट्रानेट (Extranet), नेटवर्क मिडियाको परिचय, टोपोलेजी (Topology) तथा प्रोटोकोलहरू, माइक्रोशफ्ट इन्टरनेटको जडान तथा डायलअप नेटवर्किङ आदि विषयवस्तुहरू पनि अध्ययन क्षेत्र अन्तर्गत पर्दछन्।





