PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

माइक्रोशफ्ट विन्‍डोजमा पावर सेटिङ

E-mail Print PDF

उपलब्ध विद्युत अथवा ब्याट्रीको हिफाजत गरी अधिकतम उपयोग गर्न तपाइले प्रयोग गरिरहनुभएको कम्प्युटर तथा तपाइको प्रयोग गर्ने तरिका अनुसार उपयुक्त हुनेगरी माइक्रोसफ्ट विन्डोजमा Power Scehmes उपलब्ध छ। सामान्यतया विन्डोज install गर्दा नै सिफारिस गरीएको default scheme उपयुक्त हुन्छ र धरै कम मानिसहरुमात्र Power Scheme बदल्न चाहन्छन् यद्यपी default रुपमा प्रयोग भैरहेको Power Scheme तापाइकोलागि उपयुक्त छैन भने बदल्ने सुबिधा सदा उपलब्ध छदैछ।

Power Scheme बदल्ने तरीका

  1. Power Options Dialog Box खोल्नुहोस्। यसकालागि तल दिइएका मध्ये कुनैपनि विधि अपनाउन सक्नुहुन्छ।
    1. Control Panel मा रहेको Power Options भन्ने एप्लेटलाई Double Click गर्नुहोस्
    2. Desktop मा Right Click गरि उपलब्ध मिनुबाट Properties रोज्नुहोस्। त्यसपछि खुलेको Dispaly Properties भनिने dialog box को Screen Saver भन्ने tab को Power बटनमा थिच्नुहोस्। Control Panel को Display आइकनमा डबल क्लिक गर्दा पानि Display Properties को dialog box खोल्न सकिन्छ।

Power Options dialog box मा Home/Office Desk, Porable/Laptop, Presentation, Always on, Minimal Power Management, Max Battery जस्ता स्किमहरु उपलब्ध छन्। यसका अलावा कुनैपनि स्किममा तपाई monitor, hard disk हरु कति समय अवधि सम्मपनि प्रयोगमा नआए आफैं बन्द हुन सक्नेछन् भन्ने पनि तोक्न सक्नुहुनेछ। यसका अलावा कम्प्युटर कति अवधि सम्म पनि प्रयोगमा नआएमा standby मोडमा जान सक्छ अथवा  स्वतः hibernate हुनुपर्नेछ भन्ने पनि तोक्न सक्नुहुन्छ। यसरी तोकिएको समय अवधि सम्म कम्प्युटर प्रयोग नभै ONनै छाडिएमा monitor, hard disk आफैं बन्द भएर विद्युत बचत हुन्छन् अथवा कम्युटर standby वा hibernate नै भइ अधिकतम विद्युत बचत हुने हुन्छ।

Hibernation सुबिधा सकृय तथा निष्‍कृय पार्ने तरिका

कम्प्युटर Turn Off गर्नु र Hybernet गर्नुमा धेरै भिन्नता हुन्छ। कम्प्युटर Hybernate गर्दा खुलेका सम्पूर्ण फाइलहरु, प्रोग्रामहरु तथा सेटिङहरुको लगत राख्नको लागि Memory लाई पूर्णरुपमा Hard Disk मा Save गरेर मात्र कम्प्युटर बन्द हुन्छ जसले गर्दा पछि काम पुन शुरु गर्नु पर्ने अवस्थामा ती सबै प्रोग्राम, फाइलहरु पुर्ववत अवस्थामा स्वतः खुल्छन्। त्यसकारणले गर्दा केही लामो अवधिको लागि कम्प्युटर छाडेर जानु पर्दा यसलाई hibernate गरिदिएको खण्डमा तुरन्त बन्द गर्न र पछि काम पुनः जारी गर्नु पर्दा सजिलो हुन्छ। कम्प्युटरलाई turning off गर्दा खुलेका सम्पूर्ण फाइल प्रोग्रामहरु बन्द गरी user setting हरु save गरेर कम्प्युटर power off हुनुपर्ने हुँदा बन्द हुँदा पनि hibernet गर्दाको भन्दा बढी समय लाग्छ भने खुल्दा पनि computer boot भै सबै सेटिङहरु load हुनु पर्ने हुनाले खुल्ने समय पनि hybernet को resume हुने समय भन्दा बढी लाग्ने हुन्छ।

To Enable/Disable Hibernation

  1. Power Options डायलग बक्स खोल्नुहोस्

  2. Hibernet ट्याब अगाडि ल्याउनुहोस्

  3. उपलब्ध चेक बक्सलाई मार्क लगाउँदा हाइवरनेशन सकृय हुन्छ भने हटाउँदा निष्‍कृय हुन्छ।

Hibernate गर्ने तरिका

  1. Start मिनुबाट Turn Off Computer भन्ने मिनु रोज्नुहोस्
  2. खुल्न आउने Comfirmation box मा Hibernate बटन छ भने त्यसमा click गर्नुहोस्। यदि छैन भने किबोर्डको Shift बटन थिचिरहनुभयो भने Hibernet देखिने छ। त्यसमा click गरेर कम्प्युटर Hibernet गर्न सकिन्छ।

Hibernate भएको कम्प्युटर Resume गर्ने तरिका

  1. Hybernate भएको कम्प्युटरलाई पुनः सञ्चालन गर्नको लागि त्यस्तो कुनै विशेष तरिकाको आवश्‍यकता पर्दैन। सामान्य रुपमा CPU Cashing को Power Button थिचेपछि Resume हुन थालिहाल्छ। केही समयमै कम्प्युटर पहिले हाइबरनेट गर्दाको अवस्थामा तयार हुन्छ।

Sleep Button थिच्दा Hibernate हुने ब्यवस्था मिलाउने तरिका

कम्प्युटरको Sleep तथा Power बटनलाई आवश्‍यकता अनुसार यसले गर्ने काम तोक्न र बदल्न मिल्छ र यो सुविधा साँच्चैनै धेरै उपयोगी हुन सक्छ। यदि Sleep बटनलाई Hibernet गर्ने काममा तोकियो भने काम गर्दा गर्दै केहि समयको लागि कम्प्युटर छोडेर जानु पर्‍यो भने एउटा Sleep button लाई थिचेर हिँड्योभने पुग्‍ने हुन्छ। त्यसैगरी Power Button लाई कम्प्युटर Turn Off  हुने काममा तोक्नु पनि त्यतिकै कामलाई सरल बनाउन सक्ने हुन्छ। यहाँ तल Sleep Button लाई Hibernate गर्ने बनाउने तरिका दिइएको छ, यसैगरी Power Button लाई Turn Off हुने बनाउन सक्नुहुनेछ।

  1. Power Options को डायलग बक्स खोल्नुहोस्।
  2. यस डायलग बक्सको Advanced बटनमा क्लिक गर्नुहोस्।
  3. 'When I press the sleep button on my computer:' भन्ने ड्रपडाउन लिष्‍टबाट Hibernate मिनु रोज्नुहोस्
  4. अब Apply बटन थिचेर यो सेटिङलाई लागु गर्नुहोस्।

यति गर्नुभएपछि अब तपाइले Sleep बटनमा थिच्नुभयो भने तपाइको कम्प्युटर आफैं Hibernet हुनेछ।

 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 37 guests online

Sharing Enriches!

You are here: Home