PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

संचालन प्रणालीसँग सम्बन्धित केही शब्दावली - भाग २

E-mail Print PDF

संचालन प्रणालीसँग सम्बन्धित केही शब्दावली

(Some Operating System Terminology)

भाग २

(Files Attributes, File Properties, Backup, Format, Disk Partition, Path, Prompt, GUI, Windows)


 

कम्प्युटर संचालन प्रणाली (Operating System) सँग सम्बन्धित आधारभुत र थाहा पाउनै पर्ने खालका केहि शब्दावलीको परिचय यस पृष्‍ठमा दिन खोजिएको छ। यी शब्दहरु अङ्ग्रेजी भाषामा नै प्रचलित भैसकेकाले अधिकतर रुपमा तिनै शब्‍दहरुलाई नै प्रयोग गरिएको छ। कुनै शब्दको उपयुक्त र सर्वमान्य अनुवाद भएमा र उक्त शब्द प्रयोग गर्दा बढी उपयुक्त हुने देख्‍नुहुन्छभने कृपया हामीलाई सुचित गर्नुहुन अनुरोध गर्दछौं।


File Attributes or File Properties

File Attributes अथवा File Properties भन्नाले फाइल कुन स्थितिमा छ भन्ने जनाउने सुचकहरु हुन्। जस्तै केवल पढ्न मात्र मिल्ने तर कुनै परिवर्तन गर्न तथा हटाउन नमिल्ने फाइलहरुको  r (Read only) हुन्छ भने सामान्यतया सूचिहरुमा समावेश नगरिने अथवा लुकेको अवस्थामा रहेको फाइलहरु h (Hidden) attributes हुन्छन्। File Attributes डसमा Attrib command प्रयोग गरी बदल्ने गरिन्छ भने विन्डोजमा फाइलको प्रोपर्टि खोलेर बदल्न सकिन्छ। प्रत्येक फाइलमा हुने फाइल एट्रिब्युट निम्नानुसार छन्।

s - System attribute : यो एट्रीब्युट अथवा प्रोपर्टी भएका फाइलहरु प्रयोगकर्ताको प्रयोजनको निम्ति नभइ संचालन प्रणालीले नै प्रयोग गर्ने खालका फाइलहरु हुन्।

r - read only attribute : यो एट्रीब्युट भएका फाइलहरु केवल खोल्न र हेर्न मिल्ने तर परिवर्तन गरी भण्डार गर्न नमिल्ने खालका फाइलहरु हुन्। कुनै फाइल झुक्किएर नबदलियोस् भनि सुरक्षाको लागि यो प्रोपर्टी दिइएका हुन्छन्।

h - hidden attribute: कुनै फाइल प्रत्येक दृष्‍यमा नदेखियोस् भनि लुकाउन प्रयोग गरिने फाइल एट्रिब्युट hidden हो। यस्तो फाइललाई Dir command को लिस्टमा देखिँदैन भने फोल्डर खोल्दाको विन्डोमा पनि देखिँदैनन्। सामान्य लिस्टीङमा नआउने हुनाले यी फाइल झुक्किएर मेटिने सम्भावना पनि कम हुन्छ।

a - archieve attribute: फाइलहरुको समुह file archieve जस्तै जीप फाइल, क्याव फाइल आदि बनाउँदा यी फाइलहरु पनि समावेश हुनु पर्छ भनेर अंकित गर्ने फाइल प्रोपर्टी a हो। कुनै फाइल आर्किभमा समावेश नगर्नु पर्ने फाइलहरु छन् भने तीनको a attribute हटाइदिनु पर्छ।

Backup

कम्प्यूटरमा मण्डार गरिएका कतिपय फाइलहरु अत्यन्त महत्वपूर्ण हुन्छन् जुन बिग्रेमा वा मेटिएमा ठूलो क्षति तथा समस्या पर्न सक्छ। यस्ता फाइल कुनै भवितव्य परेर वा मानव त्रुटीका कारण नष्‍ट वा गलत तरिकाले बदलिन गएमा यीनलाई फेरी पहिलेजस्तै दुरुस्त बनाउने प्रयोजनका लागि सुरक्षित राखिएको सक्कल फाइलको प्रतिलिपीलाई Backup  भनिन्छ। विभिन्न प्रोग्रामहरुको मददबाट महत्वपूर्ण फाइलहरुको ब्याकअप बनाइ सुरक्षित तरिकाले सीडी, वा अन्यकुनै भण्डारण एकाइमा संग्रह गरिन्छ। कुनै कारणबाट यदि सक्कल फाइल बिग्रन गएमा यीनै ब्याकअपलाई फेरी सक्कलको रुपमा बदलेर काम सुचारु गर्न सकिन्छ।
 

Format

अपरेटिङ सिस्टमले कुनै पनि भण्डारण साधनलाई प्रयोग गर्नको लागि त्यस साधन अपरेटिङ सिस्टमले बुझ्ने र प्रयोग गर्न सक्ने स्वरुपको हुनु पर्दछ। त्यही स्वरुपलाई भण्डारण साधनको फर्म्याट भनिन्छ। माइक्रोसफ्ट डसले प्रयोग गर्न सक्ने डिस्कको फर्म्याट FAT फर्म्याट हो। विन्डोजले फ्याटका अलावा NTFS फरम्याट पनि प्रयोग गर्न सक्छ। Microsoft Windows XP देखि NTFS फर्म्याट बढी प्रचलनमा छ किनकी यसमा FAT मा भन्दा बढी सुरक्षाको सुविधाहरु उपलब्ध छ। 
 

Disk Partition

ठूला आकारका (धरै भण्डारण क्षमता भएका) भण्डारण साधनहरुलाई एक भन्दा बढी ड्राइभको रुपमा स्थापित गरेर प्रयोगमा सहजता ल्याउने कार्यलाइ डिस्क पार्टिसन भनिन्छ।  उदाहरणको लागि ८० जि बि को एउटा हार्ड डिस्कमा २० जि बि को सी ड्राइभ, ३० जि बि को डि ड्राइभ र ३० जि बि को ई ड्राइभ को रुपमा पार्टिसन गर्दा एउटा हार्ड डिस्कमा ३ वटा ड्राइभ बनाइ छुट्टा छु्ट्टै डिस्क सरह प्रयोगमा ल्याउन सकिन्छ।

डिस्क पार्टिसनको लागि विभिन्न सफ्टवेयरहरु पाउन सकिन्छ। ती मध्येको एउटा प्रचलित प्रोग्राम पार्टिसन म्याजिक हो जसबाट प्रयोग भैरहेको ड्राइभपनि पार्टिसन गरि टुक्राउन वा जोड्न सकिन्छ। पार्टिसन म्याजिक तथा त्यस्तै अन्य प्रोग्रामका अलावा डस वा विन्डोजलेनै दिएको पार्टिसन कमाण्ड पनि प्रयोग गर्न सकिन्छ। डसमा पार्टिसनको लागि Fdisk भन्ने वाह्य कमाण्ड उपलब्ध छ भने विन्डोज इन्सटल गर्दानै डिस्क पार्टिसन गर्ने, फर्म्याट गर्ने सुविधाहरु उपलब्ध छ।
 

Path

हार्ड डिस्क, फ्लपी डिस्क, पेन ड्राइभ आदि भण्डारण साधनहरुलाई विभिन्न ड्राइभ, डाइरेक्टरी, सवडाइरेक्टरी आदिको रुपमा विभक्त गरी उपयुक्त स्थानमा फाइलहरु भण्डार गरिएको हुन्छ। तसर्थ कुनैपनि फाइलसम्म पुग्नको लागि स्पष्‍ट र गलत नहुने तरिकाले उल्लेख गर्ने उपाय हुनुपर्ने हुन्छ। यही कुनैपनि फाइलसम्म पुग्नसकिनेगरी बताउने तरीकालाइ Path भिनिन्छ।

उदाहरणकोलागि, मानौं एउटा हार्ड डिस्कको D भन्ने ड्राइभमा Report भन्ने डाइरेक्टरी बनाइएको छ र त्यस डाइरेक्टरी भित्र अर्को FirstQtr भन्ने सवडाइरेक्टरी छ। उक्त सवडाइरेक्टरी भित्र Patients.dat भन्ने फाइल राखिएको छ। अव सो patients.dat फाइल उल्लेख गर्नुपर्दा प्रयोग गर्नुपर्ने path यसप्रकार हुनुपर्दछः

d:\report\firstqtr\patients.dat

कुनै फाइलको पाथ उल्लेख गर्दा पालन गर्नुपर्ने वरियताक्रम यसप्रकार हुनुपर्छः
१ ड्राइभ अक्षर का साथ कोलन चिन्ह
२. डाइरेक्टरी
३. सवडाइरेक्टरी
४. सवडाइरेक्टरीको पनि सव डाइरेक्टरी भए ती सबै
५. फाइलको नाम वा फाइल जनाउने wildcard अक्षरहरुको नमूना

माथिका प्रत्येक खण्ड छुट्याउनुको लागि अब्लिक (ब्याक स्लयास चिन्ह - / ) को प्रयोग गर्नु पर्छ।

फाइल उल्लेख गर्न absolute path अथवा relative path प्रयोग गर्न सकिन्छ। Absolute path भन्नाले डिफाउल्ट डिरेक्टरी वा current location ले असर नगर्नेगरी पूर्ण पाथको प्रयोगलाई बुझिन्छ। माथि उदाहरणमा दिइएको पाथ absolute path हो। Relative path भने current directory को सन्दर्भमा आवश्‍यक फाइल सम्म पुग्ने पाथको निर्माण गरिन्छ। उदाहरणको लागि यदि current location d drive (Prompt मा d:\) छ भने patient.dat उल्लेख गर्ने पाथः
report\firstqtr\patients.dat मात्र भए पुग्छ (d:\ आवश्‍यक परेन)

त्यस्तै current location d:\report भएको अवस्थामा सोही फाइलको लागि पाथ केवल firstqtr\patients.dat मात्र भए हुन्छ। त्यस अर्थमा अब यो प्रष्‍ट भएको हुनु पर्छकी current locaitn d:\report\firstqtr भएको अवस्थामा केवाल फाइलको नाम patients.dat मात्र भए पुग्छ। यसरी relative path चाहिँ current location संग सापेक्ष हुन्छ भने absolute path भने current location सँग कुनै सम्बन्ध राख्दैन।
 

Prompt

Prompt भन्नाले कमाण्ड दिने ठाउँ भन्ने बुझिन्छ। प्रम्पटले कम्प्युटर कमाण्ड स्वीकार्न तयार छ भन्ने संकेत गरिरहेको हुन्छ। Prompt नदेखिएको बेला command दिन मिल्दैन। डस अपरेटिङ सिस्टममा सामान्यतया प्रम्प्टको स्वरुप c:\> हुन्छ जसले हाल अवस्थित ड्राइभ र पाथ देखाइरहेको हुन्छ। 


GUI

GUI को पूर्णरुप Graphical User Interface हो। कुनैपनि संचालन प्रणाली या त CUI (Character User Interface) हुन्छ या GUI (Graphical User Interface) हुन्छ। CUI प्रणालीमा प्रयोगकर्ताले प्रत्येक कामकोलागि प्रम्प्टमा कमाण्ड टाइप गरेर इन्टर गर्नुपर्ने हुन्छ भने GUI प्रणालीमा प्रयोगकर्तालाइ विभिन्न चित्रहरुका (मिनु, बटन, बाकस) रुपमा प्रयोग गर्न सकिने कमाण्डहरु देखाइएको हुन्छ जसलाइ प्रयोगकर्ताले माउसको सहायताले Click गरेर निर्देशन दिन सक्छन्। यस प्रकारको सुविधा भएपछि प्रयोगकर्ताले कमाण्ड र त्यसको Syntax संझिरहनु परेन भने कमाण्ड टाइप गर्दा Spelling तथा त्यस्तै अन्य केही गलत भइ दुःख पाउनु पनि नपर्ने भयो।

माइक्रोशफ्टको डस संचालन प्रणाली CUI हो भने Windows चाहिँ GUI प्रणाली हो।

Windows

माईक्रोशफ्ट कर्पोरेशनले विकास गरेको GUI प्रणालीको संचालन प्रणालीलाई Windows भनिन्छ। Windows संचालन प्रणाली आकर्षक, प्रयोग गर्न र सिक्न सजिलो भएका कारण विश्‍वमा Windows अत्यन्त प्रचलित छ। विश्‍वका करिव ९५ प्रतिशत कम्प्युटरहरुमा माइक्रोशफ्टको विन्डोज अपरेटिङ सिस्टमको रुपमा प्रयोगमा छ। सन् १९८७ मा प्रस्तुत गरिए पछि Windows का  विभिन्न संस्करणहरु बजारमा आएर लोकप्रिय बनेका छन्। विन्डोजका विभिन्न संस्करणहरु र तीनको विकास वर्ष निम्नानुसार छन्।

Windows 3.0 --> 1987
Windows 3.1, 3.11  --> 1987 - 1996
Windows 95 --> 1996
Windows 97 --> 1997
Windows 98 --> 1998
Windows NT 3, 4 --> 1997
Windows 2000 Pro  -->  2000
Windows 2000 Server  -->  2001
Windows Me  -->  2001
Windows XP  --> 2002
Windows Vista --> 2007

 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 147 guests online

Sharing Enriches!

You are here: Home