PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

विन्‍डोज थिमहरु

E-mail Print PDF
Windows has provided sufficient tools to customize the look and performance of Windows Operating System to suit your personal flavour and ease of use. In this page I will discuss some of the basic customizing tips and procedure like Setting Themes, Wallpaper, Screen Saver, Appearance, screen resolution, screen fonts, Setting Desktop and My Documents Folders.

Setting a Theme for Windows (विन्डोज थिम)

A theme is a background plus a set of sounds, icons and other elements to help you personalize your computer with one click.

विन्डोज थिम भन्नाले डेस्कटपको ब्याकग्राउण्ड देखि लिएर विभिन्न अवस्थामा आउने ध्वनी संकेत, आइकनहरुको स्वरुप तथा अन्य सेटिङहरुको समुह भन्ने बुझिन्छ। प्रयोग भैरहेको एउटा थिम बाट अर्को थिममा बदल्ने बित्तिकै यी सबैकुराहरु बदलिन्छन्। त्यसैले आवश्‍यकता अनुसारको सेटिङहरु बदल्न यो तुरन्त र सरल उपय हो।

सबै सेटिङहरु लागु गरिसकेपछि वर्तमान अवस्थामा प्रयोग भएका सबै सेटिङहरुको समुहलाई थिमको रुपमा सेभ गर्न सकिन्छ जसले गर्दा आवश्‍यक पर्दा चाहिएको सेटिङमा बदल्ने काम सजिलो हुन्छ।

थिम परिवर्तन गर्ने तरिका

१. डेस्कटपको कुनै खाली क्षेत्र (आइकनहरु नभएको ठाउँ) मा माउसको दायाँ बटन दबाएर उत्पन्न भएको मिनुबाट प्रोपर्टिज भन्ने मिनुमा क्लिक गर्नुहोस्।

विकल्पः विन्डोजको कन्ट्रोल प्यानल (नियन्त्रण कक्ष) मा डिस्प्ले नामको एप्लेटमा डबल क्लिक गर्नुहोस्।
डिस्प्ले प्रोपर्टिज नामक एउटा डाइलग बक्स देखा पर्नेछ।

२. खुलेको डाइलग बक्सको पहिलो ट्याव थिम यदि पछाडि परेको छ भने त्यसलाई क्लिक गरेर अगाडि ल्याउनुहोस्

३. थिम नामक ड्रपडाउन बक्सबाट विभिन्न उपलब्ध थिम मध्ये मनपर्ने एउटा थिम छान्नुहोस्।

तपाइले छानेको थिमको स्वरुप स्याम्पल भन्ने कोठामा देखाइरहेको हुन्छ। यदि तपाइको छनौट मन पर्‍यो भने एप्लाइमा क्लिक गर्नुहोस् अन्यथा फेरी थिमको बक्सबाट अर्को थिम छान्न सक्नुहुन्छ।

थिम सेभ गर्ने तरिका

 यदि तपाइले वालपेपर, स्कृन सेभर, एप्पियरेन्स, विन्डोज साउण्डस् आदि परिवर्तन गर्नुभएको छ र हालको सेटिङहरुलाई थिमको रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने निम्नानुसारको प्रोसेस प्रयोग गर्नुहोस्

१. माथि उल्लेख गरेअनुसार डिस्प्ले प्रोपर्टिजको डाइलग बक्स खोलनुहोस्।
२. थिम ट्यावमा रहेको सेभ एज बटन थिच्नुहोस्।
३. त्यसपछि खुल्न आएको सेभ एज को डाइलग बक्समा नयाँ थिमको लागि नाम र बन्ने फाइल भण्डार गर्ने फोल्डर उल्लेख गरेर सेभ बटनमा क्लिक गर्नुहोस्

डेस्कटपको वालपेपर तथा ब्याकग्राउण्ड

डेस्कटपमा देखिने गरि कुनै चित्र प्रयोग गरिएको छ भने त्यसलाई वालपेपर भन्ने चलन छ। तपाइ डेस्कटपमा वालपेपर अथवा सादा रंगहरु प्रयोग गर्न सक्नुहुन्छ।

वालपेपर प्रयोग गर्ने तरिका

१. डिस्प्ले प्रोपर्टिजको डाइलग बक्स खोल्नुहोस्

२. डेस्कटप भन्ने ट्यावमा क्लिक गरेर यसलाई अगाडि ल्याउनुहोस्

३. यस ट्यावमा ब्याकग्राउण्ड भन्ने समुह अन्तर्गत उपलब्ध वालपेपरहरुको लिस्ट मध्ये कुनै मनपर्ने वालपेपर रोजेर एप्लाईमा क्लिक गर्नुहोस्। यदि तपाई अरुनै कुनै चित्रलाई वालपेपरको रुपमा प्रयोग गर्न चाहनुहुन्छ भनेः
     क. डेस्कटप ट्यावको ब्राउज बटनमा क्लिक गर्नुहोस्।
     ख. ब्राउज डाइलग बक्स खुल्नेछ। उक्त डाइलग बक्सबाट तपाइको चित्र रहेको ड्राइभ फोल्डर खोलेर तपाईको चित्रको फाइल रोजेर ओपन बटनमा क्लिक गर्नुहोस्।
     ग. अब तपाइको चित्र ब्याकग्राउण्ड समुहको लिस्टमा देखिनेछ। यसलाई लागु गर्न एप्लाइ बटनमा क्लिक गर्नुहोस्
४. तपाइले रोज्नुभएको वालपेपर डेस्कटपको आकार भन्दा सानो छ भने तपाइलाई अरु केही विकल्पहरु उपलब्ध छन्। डेस्कटप ट्याबको दाया किनारामा रहेको पोजिसन भन्ने ड्रपडाउन बक्सबाट  सेन्‍टर, टाइल वा स्ट्रेच छान्न सकिन्छ।

सेन्टरः तपाईले सेन्टर रोज्नुभएमा उक्त वालपेपर डेस्कटपको बीचमा देखा पर्नेछ।
टाइलः यदि टाइल रोज्नुभएको खण्डमा त्यो सानो वालपेपर डेस्कटपभरी दोहोरिएर देखिनेछ
स्ट्रेचः यो विकल्प रोज्दा तपाईले रोज्नुभएको वालपेपर तन्किएर संपूर्ण डेस्कटप ढाक्नेछ। कम गुणस्तरका साना चित्रहरु स्ट्रेच गर्दा नराम्रो देखिन पनि सक्छ।

डेस्कटपमा वालपेपर प्रयोग नगरी रंगको प्रयोग गर्ने तरिका

वालपेपरको सट्टामा यदि तपाईलाइ सादा रंगहरु मन पर्छ भने पनि रंगहरु प्रयोग गर्न सकिन्छ। यसको लागि तल दिइएका बुदाहरु प्रयोग गर्नुहोस्

१. डिस्प्ले प्रोपर्टिजको डाइलग बक्स खोल्नुहोस्।
२. डेस्कटप ट्यावलाई अगाडि ल्याउनुहोस्।
३. ब्याकग्राउण्ड समुहबाट पहिलो लिस्ट नोन रोज्नुहोस्।
४. यसै ट्याबको दायाँ किनारामा रहेको कलर ड्रपडाउन लिस्टबाट आवश्‍यक रंग रोज्नुहोस्। उक्त लिस्टमा उपलब्ध रंगहरु पर्याप्त नभएमा अदर बटनमा क्लिक गरेर चाहिएको रंग छान्न सकिन्छ।

डेस्कटपमा सिस्टम आइकनहरु देखाउने वा हटाउने तरिका

डेस्कटपमा माई कम्प्युटर, माई डकुमेन्ट्स, माई नेटवर्क प्लेसेज, इन्टरनेट एक्स्प्लोरर जस्ता आइकन आवश्‍यकता अनुसार देखाउन वा हटाउन सकिन्छ। यसका साथै यी आइकनहरुको स्वरुपपनि वदल्न मिल्छ। यसकालागि आवश्‍यक प्रकृया तल दिइएको छ।
१. डिस्प्ले प्रोपर्टिजको डाइलग बक्स खोल्नुहोस्
२. डेस्कटप ट्याव अगाडि ल्याउनुहोस्
३. उक्त डाइलग बक्समा मुनि पट्टि भएको कस्टमाइज डेस्कटप बटन क्लिक गर्नेहोस्। डेस्कटप आइटम नामको अर्को डाइलग बक्स खुल्नेछ।
४. सो डाइलग बक्सको जेनेरल भन्ने ट्यावमा देखाउन वा हटाउनको लागि डेस्कटप आइकनस् समुह अन्तर्गत चेक बक्सहरु छन्। तीनमा मार्क लगाएमा ती आइकन देखिने र हटाएमा डेस्कटपबाट हट्ने हुन्छ।
५. सिस्टम आइकनहरुको स्वरुप बदल्न पर्दा दोश्रो समुहमा दिइएका मध्येको आवश्‍यक आइकनलाई क्लिक गरेर चेन्ज आइकन बटनमा क्लिक गर्नुहोस्। तपाईलाइ मनपरेको आइकन उपलब्ध लिष्‍टमध्येबाट वा ब्राउज गरेर छान्न सक्नुहुन्छ।

डेस्कटपका बदलिएका सिस्टम आइकनहरु सामान्य अवस्थामा ल्याउने तरिका

१. डेस्कटप प्रोपर्टिज डाइलग बक्स खोल्नुहोस्
२. डेस्कटप ट्याबबाट कस्टमाइज डेस्कटप बटन थिच्नुहोस्
३. अब खुलेको डाइलग बक्को जेनेरल ट्यावमा रहेको रिस्टोर डिफाउल्ट बटन क्लिक गर्नेहोस्।

डेस्कटपमा रहेका पुराना अनावश्‍यक आइकनहरु हटाउने तरिकाः

यदि डेस्कटपमा धेरै आइकनहरु लामो समयदेखि राखिएको छ र ती मध्ये प्रयोगमा नआएका आइकनहरु हटाउन चाहनुहुन्छ भने तल दिइएको तरिका काम लाग्न सक्छः
१. डिस्प्ले प्रोपर्टिज डाइलग बक्स खोल्नुहोस् र यसको डेस्कटप भन्ने ट्याबको कस्टमाइज डेस्कटप बटनमा क्लिक गर्नुहोस्
२. अब खुलेको डेस्कटप आइटम डाइलग बक्सको जेनेरल ट्याबमा  रहेको क्लिन डेस्कटप नाव भन्ने बटन थिच्नुहोस्।
नोटः यदि प्रत्येक दुइ महीनामा डेस्कटपका आइकनहरु आफै सफाहुन् भन्ने चाहनुहुन्छ भने रन डेस्कटप क्लिनअप विजार्ड एभ्री ६० डेज भन्ने चेक बक्समा मार्क लगाइदिनुहोस्
३. डेस्कटप क्लिनअप विजार्ड शुरु हुन्छ। प्रकृया शुरु गर्न नेक्स्ट बटन क्लिक गर्नुहोस्
४. अब तपाइ शर्टकटस भन्ने लिष्‍ट बक्समा आइकनहरुको सूची देख्‍नुहुनेछ। यी मध्ये कुनैलाई नहटाउन चाहनुहुन्छ भने त्यसको अगाडि रहेको चेकमार्क हटाइदिनुहोला। अर्को स्टेपमा जानको लागि नेक्स्ट बटन थिच्नुहोस्
५. हटाइने आइकनहरुको सूचिका साथ विजार्डको अन्तिम स्टेप देखा पर्छ। अब फिनिश बटनमा क्लिक गर्नुहोस्।
६. डेस्कटपमा एउटा अनयुज्ड डेस्कटप आइकन भन्ने फोल्डर बनेको हुन्छ र तपाइले हटाउन चाहनुभएको सबै आइकनहरु उक्त फोल्डरभित्र राखिएका हुन्छन।
आशा छ तपाइको डेस्कटप अब पहिलेभन्दा सफा र सजिलो भयो होला।
 

 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 186 guests online

Sharing Enriches!

You are here: Home