PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

संचालन प्रणाली - Operating Systems


यस खण्ड अन्तर्गत सञ्चालन प्रणालिको परचय, प्रकारहरू, यसका काम तथा उपयोगिता का अलावा माइक्रोशफ्ट डस (DOS) र विन्डोज अध्ययन गर्नु पर्दछ। माइक्रोशफ्ट डस अन्तर्गत डसको परि्चय, डसका विभिन्न संस्करणहरू, डिस्कको भौतिक संरचना, डस कमाण्डहरूको प्रकार, सामान्य कमाण्डहरूको प्रयोग, फाइल तथा डाइरेक्टरीको ज्ञान, वाइल्डकार्ड (Wild Card), पाथ (Path), डसका सिस्टम फाइलहरू तथा तिनका काम, अटोएक्जेक (autoexec.bat) र कन्फिग सिस (config.sys) फाइलहरूको निर्माण तथा प्रयोग अध्ययन क्षेत्र अन्तर्गत पर्दछन्।
 
विन्डोज सञ्चालन प्रणाली अन्तरगत पाठ्यक्रममा जि.यु.आइ., विन्डोज प्रणालीको परिचय, विन्डोजका भागहरू जस्तो डेस्कटप, टास्कबार, माइ कम्प्युटर, रिसाइकल बीन आदिको बारेमा अध्ययन गर्नु पर्दछ। त्यस्तै विन्डोज शुरू गर्ने तथा बन्द गर्ने, विन्डोज एक्स्प्लोररको प्रयोग गरेर फाइलहरू व्यवस्थित गर्न, नोटप्याड, वर्डप्याड, पेन्ट, डस प्रम्पट, क्यालकुलेटर, क्यारेक्टर म्याप, कन्ट्रोल प्यानल जस्ता विन्डोजका प्रोग्रामहर तथा नियन्त्रण बिधि पनि अध्ययन क्षेत्र भित्रै पर्दछन्। विन्डोजमा फाइलहरू तथा फोल्डरहरू खोजि गर्ने, नतिजा सुरक्षित गर्ने, रन कमाण्डको प्रयोग गरेर प्रोग्रामहरू खोल्ने जस्ता सीपहरू पनि आवश्यक छन्।
 
विन्डोजका सेटिङहरू परिवर्तन गर्ने क्षमतालाई पाठ्यक्रममा महत्वका साथ समावेश गरिएको छ जस अन्तरगत स्टार्ट मेनुमा प्रोग्रामहरू राख्ने तथा हटाउने, डकुमेन्ट मेनु खाली गर्ने, टास्कबारलाई आफु अनुकुल परिवर्तन गर्ने, कन्ट्रोल प्यानलका मिति, समय मिलाउने, किबोर्ड, माउस, मल्टिमिडिया, प्रिन्टर, मोडेम, रिजनल सेटिङ तथा डिस्प्लेको सेटिङहरूको बारेमा जानकारी र प्रयोग गर्न सक्ने क्षमता पाठ्यक्रमले खोजेको छ। यसका साथसाथै डेस्कटपमा सर्टकट (Shrotcut) बनाउने र महत्वपूर्ण सिस्टम टुलहरू जस्तै स्क्यान डिस्क, डिस्क डिफ्र्यागमेन्ट, ड्राइभ स्पेस, ब्याकअप र फर्म्याट पाठ्यक्रममा महत्वका साथ समावेश गरिएको छ।

Title Filter 
Display # 
# Article Title Hits
 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 138 guests online

Sharing Enriches!

You are here: संचालन प्रणाली (Operating Systems)